दफा २३
पृथक-पुथक (अनबण्डलिङ्ग) गरी आयोजना निर्माण तथा सेवा सञ्चालन गर्न सकिने
(१) कुनै पनि सेवा प्रणालीका विभिन्न संरचनाहरू पृथक-पृथक रूपमा विभक्त गरी तिनको निर्माण तथा सञ्चालन; छुट्टा-छुट्टै सङ्गठित संस्था वा सेवाप्रदायक मार्फत गर्न सकिनेछ।

(२) उपनियम (१) बमोजिम पृथक-पृथक रूपमा सञ्चालित: सेवा प्रणालीका सञ्चालकले आपसी सम्झौता गरी संयुक्त सेवाप्रणाली बनाई सञ्चालन गर्न वा मूल सेवाप्रदायकसँग सम्झौता गरी निर्माण तथा सेवा सञ्चालन गर्न सक्नेछन्‌।